images
images
  • पूर्वप्रधानमन्त्री एवं नेकपा सहसंयोजक माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं– पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका व्यक्तिहरूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासमा बिहीबार (चैत ५) सुनुवाइ तय गरिएको थियो ।

    तर, नेपाल पक्षका वकिलको निवेदनपछि पेसी अर्को दिनका लागि सारिएको हो ।

    मुद्दाका एक प्रतिवादी न्यायाधीश सुदर्शनदेव भट्टका नातेदार भएकाले पेसी पहिले ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो ।

    जेठ २२ मा विशेष अदालतमा दायर मुद्दामा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवाना र सजायको दाबी गरेको छ ।

    विवादको केन्द्रमा तत्कालीन मन्त्रिपरिषद्ले ०६६ फागुन ६ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको मुद्दा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images