images
images
  • गोली हानेर श्रीमतीको हत्या गरेका युवकले आफैंमाथि पनि चलाए बन्दुक

    काठमाडौं- कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

    गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको जनाएका छन् ।

    श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीको भनाइ छ । घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि उठाइने प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images