काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरीङ कम्पनी प्रालिसँग बिशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
बिशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलाशले मंगलबार धरौटी माग्ने निर्णय गरेको हो।
सो कम्पनीका प्रतिनिधि रविन रिजाल मंगलबार बिशेष अदालतमा उपस्थित भएका थिए। बयानपछि अदालतले थुनछेक आदेश सुनाएको हो ।
सो भ्रष्टाचार मुद्दामा बिशेषले अधिकांश प्रतिवादीलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो।
चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत अनुमान बढाएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रतिक्रिया दिनुहोस्























