images
images
  • लागुऔषध सेवन गरी सवारी साधान चालाउनेमा राइड शेयरिङका चालकसहित ६ जना पक्राउ

    काठमाडौं- लागुऔषध सेवन गरेर सवारी चलाउने ६ चालक ललितपुरमा पक्राउ परेका छन्।

    ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा ट्राफिक प्रहरीले मंगलबार गरेको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरु पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा मिनि ट्रक चालक दुई जना, मोटरसाईकल (राइड सेयिरिङ) चालक दुई जना र स्कुटर चालक दुई जना छन् ।

    नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

    नियन्त्रणमा लिइएका चालकहरुमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ।

    सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल खबर गर्न ट्राफिक प्रहरीले सर्वसाधरणलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images