काठमाडौं- बाजुरामा एक युवकको हत्या भएको छ ।
स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ ।
उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गरी सर्वाशको हत्या गरेका हुन् ।
बुढाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले धनबहादुरलाई नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन् ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























