काठमाडौं– प्रिमियम डिजाइन र किफायती मूल्यका कारण चर्चित Nothing ले आफ्नो नयाँ स्मार्टफोन Nothing Phone (4a) नेपाली बजारमा ल्याएको छ ।
चौधरी समूहअन्तर्गतको CG Mobiles ले यसको आयात तथा वितरण गरिरहेको छ ।
फोन ८/१२ जिबी र्याम र १२८/२५६ जिबी स्टोरेजका तीन भेरियन्ट तथा ह्वाइट, ब्ल्याक, ब्लु र पिंक गरी चार रंगमा उपलब्ध छ ।

शुरुवाती मूल्य ५५,९९९ रुपैयाँ तोकिएको यस फोन खरिद गर्ने ग्राहकलाई ८,९९९ रुपैयाँ पर्ने CMF Buds 2a Plus निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
क्यामेरा–केन्द्रित बनाइएको यस स्मार्टफोनमा ७०x अल्ट्रा जुमसहितको ट्रिपल क्यामेरा सेटअप, स्न्यापड्रागन 7s Gen 4 प्रोसेसर, आईपी 68 रेटिङ, तथा सिग्नेचर ट्रान्सपरेन्ट डिजाइन र ग्लिफ लाइट जस्ता फिचर समावेश छन् ।
साथै, क्लिन Nothing OS, तीन वर्षसम्म एन्ड्रोइड अपडेट र एआई टुलहरूको इन्टिग्रेसनले यसलाई थप आकर्षक बनाएको छ ।





















