images
images
  • ग्यास लुकाएर कृत्रिम अभाव खडा गर्ने डिलरलाई ५० हजार जरिवाना

    काठमाडौं- पोखरामा एलपी ग्यास लुकाइछिपाइ राखेको आरोपमा एक डिलरलाई जिल्ला प्रशासनले कारबाही गरको छ।

    जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले अनुगमनका क्रममा ग्यास लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको भन्दै पोखरा-६ जरेवरमा रहेको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना लगाएको हो।

    कार्यालयका अनुसार उक्त डिलरले ४८ थान ग्यास सिलिण्डर (१४.२ केजी) अनुचित रूपमा लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेकाले जरिवाना तिराएको हो ।

    शनिबार भएको अनुगमनका क्रममा उक्त डिलरले एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास सार्ने उपकरण पनि फेला परेको छ ।

    उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना तोकेर कारबाही गरेको जनाइएको छ ।

    अनुगमन टोलीले पोखराका ग्यास डिलरहरूलाई ग्यासको कृत्रिम अभाव खडा नगर्न, ग्यासको परिणाम परिमार्जन नगर्न र उपभोक्ताको हित विरूद्धका गतिविधि नगर्न निर्देशनसमेत दिएको छ।

    अनुगमनका क्रममा ३ वटा डिलरमा ग्यासको अनुचित भण्डारण नपाएको, एउटा डिलरमा ३२४ थान ग्यास सिलिण्डर झार्दै गरेको अवस्थामा फेला परेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images