images
images
  • इनिसा विकलाई बलात्कार गरेका चार आरोपीको पोलिग्राफ र डिएनए परीक्षण गरिने

    काठमाडौं- सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण सुरु गरिएको छ ।

    पोलिग्राफ जाँच शुक्रबारबाटै सुरु भएकामा डिएनए परीक्षणका लागि चारैजनाको रगतको नमुना नेपाल प्रहरीको महाराजगन्जस्थित विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ ।

    साथै, बलात्कारपछि मुत्यु भएकी इनिसाको यौनांगबाट लिइएको स्वाब पनि प्रयोगशालामा ल्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार शुक्रबारदेखि पोलिग्राफ जाँच सुरु भएको बताए ।

    शनिबार बिदाका दिन भएकाले आइतबारदेखि निरन्तरता दिइने उनको भनाइ छ ।

    ‘इनिसा बलात्कार घटनामा पक्राउ परेका चारमध्ये शुक्रबार एक किशोरको बयान भयो । त्यसलगत्तै पोलिग्राफ परीक्षण पनि भयो । शनिबार बिदा भएकाले अब आइतबारदेखि पुनस् बयान र पोलिग्राफ परीक्षण हुन्छ,’ डिएसपी बुढथापाले भने, ‘बयान र परीक्षणपछि घटनामा संलग्न व्यक्ति यकिन होला ।’

    चारै किशोरहरूको डिएनए परीक्षणका लागि रगतको नमुना र मृतक इनिसाको स्वाब प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको सुर्खेत प्रहरी प्रमुख सुधीरराज शाहीले जानकारी दिए ।

    प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्रै थप तथ्य खुल्ने उनले बताए ।

    ‘पक्राउ परेका चार किशोरको रगतको नमुना र मृतकको स्वाब परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको छ । त्यहाँबाट रिपोर्ट आएपछि मात्रै घटनामा संलग्नबारे यकिन होला । अनुसन्धानमा प्राविधिक परीक्षणलाई पनि सावधानीपूर्वक हेरेका छौँ,’ उनले भने । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images