images
images
  • साढे ११ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं- मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ ।

    मोरङ प्रहरीले विराटनगर महानगरपालिका-३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ ।

    पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् ।

    उनीहरू शुक्रबार दिउँसो १ बजे त्यहाँ हिँडिरहेका बेला प्रहरीले शंका गरेर झोला जाँच गरेको थियो ।

    जसमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images