काठमाडौं– विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi ले नयाँ स्मार्टफोन Redmi Note 13 नेपाली बजारमा सार्वजनिक गरेको छ। अल्ट्रा–स्लिम डिजाइन, शक्तिशाली ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहितको यो स्मार्टफोन प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बन्ने कम्पनीले जनाएको छ।
डिजाइन र बनावट
रेडमी नोट १३ तीन आकर्षक रंग—ब्ल्याक, ग्लेसियर ब्लू र मिस्ट पर्पलमा उपलब्ध छ। तीमध्ये मिस्ट पर्पल रंग प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ। रेडमी सिरिजकै इतिहासमा सबैभन्दा पातलो मानिने यो डिभाइसले आकर्षक लुक्स प्रदान गर्छ। पातलो, हल्का र स्टाइलिश डिजाइनका कारण यसलाई प्रयोग गर्न सहज र आरामदायी अनुभव हुने कम्पनीको दाबी छ।
उच्च क्षमता र लामो ब्याट्री जीवन
रेडमी नोट १३ मा ५,५०० mAh क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा करिब दुई दिनसम्म टिक्न सक्छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५ वाट टर्बो चार्जिङ प्रविधिले छिटो चार्ज हुने सुविधा दिन्छ। एकपटक पूर्ण चार्ज गर्दा करिब २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिने कम्पनीले जनाएको छ।
प्रिमियम डिस्प्ले र उच्च प्रदर्शन
यो स्मार्टफोनमा ६.७ इन्चको AMOLED डिस्प्ले दिइएको छ, जसको अधिकतम ब्राइटनेस ३२०० निट्ससम्म पुग्छ। त्यसैले घाममा पनि स्क्रिन स्पष्ट देखिन्छ। ३८४०Hz PWM डिमिङले आँखालाई आरामदायी अनुभव दिन्छ। शक्तिशाली प्रोसेसर र उच्च र्याम सपोर्टका कारण यो फोनले उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ।
फोटोग्राफी र मनोरञ्जन
रेडमी नोट १३ मा १८० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई आधारित फिचरका कारण फोटो तथा भिडियोमा स्पष्टता र उच्च विवरण प्राप्त हुन्छ। एआई पोर्ट्रेट, एडभान्स्ड फोटो मोडलगायत सुविधाले प्रयोगकर्तालाई अझ आकर्षक अनुभव दिने कम्पनीको भनाइ छ।
सुरक्षा र मजबुती
सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक सुविधा दिइएको छ। साथै यो फोन ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित रहेको कम्पनीले जनाएको छ। ‘Wet Touch Technology 2.0’ का कारण भिजेको स्क्रिनमा पनि सजिलै प्रयोग गर्न सकिन्छ।
मूल्य र उपलब्धता
Redmi Note 13 नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध छ।
१२GB RAM + ५१२GB स्टोरेज : रु. ४६,९९९
८GB RAM + २५६GB स्टोरेज : रु. ३९,९९९
कम्पनीका अनुसार यो स्मार्टफोन नेपालभरका आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिन्छ।




















