images
images
  • रुकुमपूर्वमा हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै

    काठमाडौं- रुकुमपूर्वका उत्तरी क्षेत्रका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिएको छ ।

    पैदल मार्गबाट सदरमुकाम ल्याउन दुई दिनसम्म लाग्ने भएपछि निर्वाचन आयोगको समन्वयमा सेनाको हेलिकप्टरमार्फत ढुवानी सुरु गरिएको हो ।

    ​प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहीबार साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टर सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकातर्फ गएको छ ।

    ​पहिलो चरणमा पुथा उत्तरगंगा गाउँपालिका-२ स्थित पेल्मा र सोही वडाको आधारभूत विद्यालय हार्दिवाङका मतपेटिकाहरू संकलन गरेर ल्याइएको छ ।

    त्यस्तै आजै दोस्रो चरणमा सिस्ने गाउँपालिका-१ स्थित साविकको पाखापानी गाविस भवनमा रहेको मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको परियारको भनाइ छ ।

    ​जिल्लाका कुल ५७ मतदान स्थलमध्ये बाँकी ५४ वटा केन्द्रका मतपेटिकाहरू भने पैदल मार्गबाटै आज रातिसम्म सदरमुकाम पुर्‍याइनेछ।

    ​निर्वाचन कार्यालय रुकुमपूर्वका अनुसार आज रातिसम्म सबै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images