images
images
  • सर्लाही-४ मा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

    काठमाडौं- सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।

    यो क्षेत्रको बसबरिया गाउँपालिका-३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।

    मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।

    विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images