images
images
  • कस्तो छ निर्वाचनमा सुरक्षा व्यवस्था ?

    काठमाडौं- सरकारले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

    निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिएका हुन् ।

    आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको छ ।

    विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्यांकन गर्दै ३ हजार ६८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।

    जम्मा १० हजार ९६७ मतदान स्थलहरुलाई बाँडफाँड गरिएको छ ।

    राउतका अनुसार तीन घेरामा सुरक्षा प्रबन्ध रहन्छ ।

    जुन विगतदेखि नै हुने गरेको अभ्यास हो । त्यसमा सबभन्दा ‘आउटर’ ९बाहिरी० घेरामा नेपाली सेना त्यसपछि सशस्त्र प्रहरी बल र ‘कोर’ ९भित्री० घेरामा भित्र नेपाल प्रहरीको रहने व्यवस्था छ ।

    सचिव राउतले मतदान स्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रवन्ध मिलाउनका लागि मात्र गरिएको पनि जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images