काठमाडौं- मौन अवधिमा उम्मेदवारको प्रचार हुने ढंगले उम्मेदवारको सामग्री सामाजिक सञ्जालमा राखेपछि प्रहरीले टिकटकर रतन कार्कीसँग सोधपुछ गरेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कार्कीमाथि प्रहरीले बुधबार सोधपुछ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कार्कीलाई सोधपुछका लागि बोलाइएको हो । आवश्यक सोधपुछपछि छाडिएको छ ।
प्रहरीले मौन अवधिमा सार्वजनिक गरिएका उम्मेदवारसम्बन्धी सामग्री सामाजिक सञ्जालबाट हटाउन लगाएर छाडेको हो ।
प्रतिक्रिया दिनुहोस्























