काठमाडौं । एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।
नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहण गर्दै कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन गरेको छ ।
बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।
त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















