images
images
  • चपलीमा शङ्कास्पद अवस्थामा भेटिएको कुकरभित्र इट्टाको टुक्रा र सलाईको काँटी

    काठमाडौं- काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ स्थित चपलीमा शङ्कास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

    चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले बेरेर राखिएको कुकरमा इट्टाको टुक्रा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    चुनाव बिथोल्न सक्रिय समूहले कुकुरमा सलाईको काँटी समेत हालेर तार जोडेर छाडेको भेटिएको हो ।

    मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाको चन्दन नाथ गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images