images
images
  • काठमाडौंको चपलीमा शङ्कास्पद बस्तु फेला, सेनाको बम डिस्पोजल टोली पुगे घटनास्थल

    काठमाडौं-  काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।

    चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सो बस्तु बम हो वा होक्स भन्ने यकिन भएको छैन । मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाले निष्क्रिय बनाउँदै छ ।

    घटनास्थलमा पुगेर सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

    चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिएपनि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए ।

    बम डिपस्पोज गर्न सेनाको चन्दन नाथ गणबाट १५ जनाको टिम परिचालन गरिएको छ ।

    घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि खटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images