images
images
  • माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा, अध्यक्ष ओलीसँग छलफल गर्ने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न आग्रह गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठानमा पुगेका छन् ।

    बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक स्थल पुगेका हुन् ।

    बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए ।

    वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु पार्टी बैठक चलिरहेका बेला अध्यक्ष ओलीलाई भेट्न भन्दै च्यासल पुगेका हुन् । अर्का नेता भीम आचार्यले आजको बैठक रोकेर सहमतिमा अर्को बैठक बोलाउन सुझाव दिन आफूहरु आएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images