images
images
  • एक मतदान अधिकृतको निधन

    मलंगवा (सर्लाही)– सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका–६ निवासी ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको मंगलबार दिउँसो अचानक बेहोस भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

    अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    महतो बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए।

    मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

    शव प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ र परिवारलाई जानकारी गराइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images