images
images
  • इरानको आणविक भट्टीमा प्रहार गरिएको अमेरिकी–इजरायली निसाना चुकेपछि पेन्टागनमा ट्रम्पको आलोचना

    काठमाडौं– शनिबार इरानमा अमेरिकी–इजरायली संयुक्त हमलापछि अमेरिकी सैन्य शिविरमा हवाई सुरक्षा कमजोर भएको विषय पेन्टागनका अधिकारीहरूका लागि चिन्ताको विषय बनेको छ ।

    वासिङटन पोस्टका अनुसार, इरानसँगको द्वन्द्व दीर्घकालीन बन्ने संकेत देखिएको र अमेरिकी शिविरमा लगातार आक्रमण भएपछि अधिकारीहरू सतर्क भएका छन् ।

    अहिलेसम्म चार अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने पाँच जना घाइते भएका छन् ।

    दुई दिनको सैन्य कारबाहीमा अमेरिकी पक्षले इरानी मिसाइल र ड्रोन हमलाको क्षेत्रमा सक्रिय आक्रमण गरेको भए पनि, इरानको प्रतिकारपछि पेन्टागन अधिकारीहरू चिन्तित छन् ।

    करिब २०० सैन्य विमानले इरानमा हमला गरेको थियो, जसले केही क्षति त पुर्‍यायो, तर आक्रमणको पूर्ण लक्ष्य हासिल भने गर्न सकेन ।

    अहिले इरानले अरब क्षेत्रदेखि युरोपको साइप्रससम्म ड्रोन र मिसाइल हमला जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images