images
images
  • लेबनानका सर्वसाधारणलाई देश छोड्न इजरायलको आदेश, १ घण्टामा ३ पटक हवाई आक्रमण

    काठमाडौं– लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले आफ्नो सैन्य आक्रमण तीव्र बनाएको छ ।

    पछिल्लो एक घण्टाभित्र इजरायलका लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरमा लगातार हवाई आक्रमण गरेका छन् ।

    ‘अल जजिरा’का अनुसार, यसअघि पनि सोही क्षेत्रमा दुई चरणमा भीषण बमबारी गरिएको थियो ।

    इजरायली सेनाले स्थानीय बासिन्दालाई तत्काल आफ्नो घर–बास छोड्न विस्थापन आदेश जारी गरेको छ ।

    इजरायलले यस क्षेत्रहरूमा सशस्त्र समूह ‘हिजबुल्लाह’ का सैन्य ठेगाना रहेको दाबी गर्दै आएको छ ।

    पछिल्ला आक्रमणका कारण हजारौँ मानिसहरू बेरुत र वरपरका क्षेत्रबाट विस्थापित भएका छन् ।

    आक्रमणबाट भएको मानवीय क्षतिको आधिकारिक विवरण भने अझै सार्वजनिक भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images