काठमाडौं– इरानको रिभोलुसनरी गाड्र्स कर्प (आईआरजीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको जनाएको छ ।
फार्स न्यूज एजेन्सीका अनुसार आक्रमणमा खैबर मिसाइल प्रयोग भएको थियो ।
सोमबार जेरुसलेममा लगातार विस्फोटको आवाज सुन्न सकिएको थियो र एएफपीका पत्रकारहरूले घटनाको प्रत्यक्ष जानकारी दिएका छन् ।
इजरायली सेनाले इरानतर्फबाट नयाँ मिसाइल प्रहार भएको पुष्टि गर्दै आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ ।
इजरायली सेनाले वक्तव्यमा भन्यो, ‘केही समयअघि इरानबाट प्रक्षेप्यात्र प्रहार भएको पहिचान भएको छ । खतरालाई रोक्न हाम्रो रक्षा प्रणाली सक्रिय छ ।’
कार्यालयमै आक्रमण भएपछि प्रधानमन्त्री नेतान्याहु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
यो समाचार तयार पार्दासम्म उनी भूमिगत छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















