कञ्चनपुर– कञ्चनपुरमा खटिएका एक जना निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।
पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा ड्युटीमा रहेका लालझाडी गाउँपालिका–३ बल्मीका ३५ वर्षीय मानसिंह राना सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार उनलाई धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका लागि लगिएकोमा मंगलबार मृत्यु भएको हो ।
राना उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























