images
images
  • चुनाव विथोल्न दुर्गा प्रसाईं समूह सक्रिय, गुडिरहेको गाडीमा आगजनी

    काठमाडौं– मंगलबार निर्वाचन बिथोल्ने उद्देश्यले महाराजगन्ज र नैकापमा गाडीमा आगजनी गरिएको छ ।

    घटनास्थलमा मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँको तस्बिर अङ्कित पर्चा फेला परेको छ ।

    ‘फष्ट नेपाल, फष्ट नेपाली’ नारा दिइएको पर्चामा १२ बुँदे माग प्रस्तुत गरिएको छ ।

    त्यसमा हालको संविधान खारेज गरी बौद्ध र किरात धर्मसहितको ‘वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य’ स्थापना गर्ने, प्रदेश संरचना खारेज गरी पुरानै ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने प्रस्ताव समेटिएको छ ।

    त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, उच्च घरानियाले चलाएका बैंकहरू एकपटक राष्ट्रियकरण गर्ने, २० लाखभन्दा बढी ऋण लिएका व्यवसायीलाई २५ वर्षे अवधि र ५ प्रतिशत ब्याजदर कायम गर्ने माग पनि राखिएको छ ।

    खाडीमा रहेका युवालाई स्वदेश फर्काई रोजगारी दिने र सहकारी पीडितको रकम राज्यले व्यहोर्ने विषयसमेत पर्चामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images