images
images
  • भक्तपुरबाट इन्सास राइफल र गोलीसहित १ जना पक्राउ

    काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र विभिन्न गोलीसहित एक जना पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई नियन्त्रणमा लिएको हो ।

    उनको साथबाट इन्सास राइफल, एसएलआरका ४ राउण्ड गोली, प्लास्टिक राउण्ड २ वटा, सटगनको १ राउण्ड, खुकुरी १ थान, दाप २ थान, बन्चरो १ थान र ५ वटा सिरिन्ज बरामद भएको छ ।

    पक्राउ परेका सेढाइलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

    बरामद हतियार जेनजी आन्दोलनका क्रममा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images