images
images
  • अमेरिका र इजरायलको जारी आक्रमणमा १७३ बालबालिकासहित ७०० इरानीको मृत्यु

    काठमाडौं– अमेरिका र इसराइलले इरानमा संयुक्त रूपमा गरेको आक्रमणपछि त्यहाँ ७०० जनाभन्दा बढीको ज्यान गएको दाबी गरिएको छ ।

    शनिबार तेहरानसहित विभिन्न स्थानमा गरिएको हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र अन्य उच्च अधिकारीहरूलाई लक्ष्य बनाइएको बताइएको छ ।

    अमेरिकास्थित इरानी मानवअधिकारसम्बन्धी समाचार संस्था एचआरएएनएका अनुसार सोमबारसम्म ७४२ जनाको मृत्यु भएको छ ।

    तीमध्ये १७६ जना बालबालिका रहेका छन् ।

    आक्रमणमा ९०० भन्दा बढी व्यक्ति घाइते भएका जनाइएको छ ।

    एचआरएएनएले पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा ८५ जनाको मृत्यु भएको र सयौं थप घटनाको विवरण प्रमाणीकरणको क्रममा रहेको उल्लेख गरेको छ ।

    हमलाबाट धार्मिक स्थल र आवासीय भवनहरूमा पनि क्षति पुगेको दाबी गरिएको छ ।

    राजधानी नजिक कराजस्थित एक मस्जिद, तेहरानको दक्षिणी क्षेत्रको गभर्नर कार्यालय, हर्मुज समुद्री मार्ग नजिक बन्दर अब्बासमा रहेको शाहिद बहोनार पियर, तथा विभिन्न आवासीय भवनहरूमा क्षति पुगेको एचआरएएनएले जनाएको छ ।

    इरानले तेहरानका केही अस्पतालहरूमा समेत क्षति पुगेको दाबी गरेको छ ।

    सैन्य संरचनातर्फ, पश्चिमी सहर सानान्दाजस्थित कुर्दिस्तान कानुन कार्यान्वयन कमाण्डको मुख्यालय र सीमाप्रहरी कमाण्ड केन्द्रमा आक्रमण भएको जनाइएको छ ।

    साथै इस्फहानको एक वायुसेना अड्डा र तेहरानस्थित सैनिक आधारमा पनि क्षति पुगेको दाबी गरिएको छ ।

    यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images