images
images
  • इरानको आणविक बम उत्पादन केन्द्र सुरक्षित, त्रासमा अमेरिका र इजरायल

    काठमाडौं– अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएईए)ले अमेरिका–इजरायलको आक्रमणका क्रममा इरानका कुनै पनि आणविक पूर्वाधारमा क्षति पुगेको संकेत नदेखिएको जनाएको छ ।

    आईएईएका महानिर्देशक राफेल ग्रोसीले इरानस्थित प्रमुख आणविक संरचनाहरू सुरक्षित रहेको जानकारी दिएका छन् ।

    उनका अनुसार बुसेहर आणविक उर्जा केन्द्र, तेहरान अनुसन्धान रियाक्टर तथा अन्य कुनै पनि स्थापनामा क्षतिको प्रमाण भेटिएको छैन ।

    ‘हामीले अहिलेसम्म कुनै पनि आणविक पूर्वाधार निशानामा परेको वा क्षतिग्रस्त भएको संकेत पाएका छैनौं,’ उनले भने ।

    यसअघि आईएईएका लागि इरानका दूतले इरानका प्रमुख तीन आणविक पूर्वाधारमध्ये एक नातान्जमा आइतबार आक्रमण भएको दाबी गरेका थिए ।

    यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानबाट उत्पन्न हुनसक्ने सम्भावित आणविक चुनौतीका कारण युद्धको अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

    तर, अमेरिकी गुप्तचर निकायहरूको पूर्व निष्कर्ष भने फरक देखिन्छ ।

    गुप्तचर विभागले इरानलाई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) विकास गर्न कम्तीमा एक दशक लाग्ने आकलन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images