काठमाडौं– इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएको जनाइएको छ ।
मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी HRANA (एचआरएएनए)का अनुसार मृत्यु हुनेमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक रहेका छन् ।
अमेरिकाको Washington, D.C. स्थित उक्त संस्थाले फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिका–इजरायल आक्रमणपछि हालसम्म कम्तीमा ७४२ जना सर्वसाधारणको ज्यान गएको दाबी गरेको छ ।
एचआरएएनएले मृतकमध्ये १७६ जना बालबालिका रहेको उल्लेख गरेको छ ।
यसअघि Iranian Red Crescent Societyले मृत्यु संख्या ५५५ जना पुगेको जनाएको थियो ।
यद्यपि, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeera ले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ ।
एचआरएएनएका अनुसार सोमबार भएका आक्रमणहरूमा विभिन्न स्थान र पूर्वाधार लक्षित गरिएका थिए ।
तीमध्ये केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र तथा बन्दर अब्बासस्थित Shahid Bahonar Pier पनि समावेश छन् ।


विश्व खबर 



















