images
images
  • चुनाव नहुने भविष्वाणी गरेका ज्योतिषी रुद्रनाथ अधिकारी परे पक्राउ ?

    काठमाडौं- ज्योतिषी रुद्रनाथ अधिकारीलाई पक्राउ परेका छन् ।

    ग्रहण लाग्ने समयको तिथिमिति आसपासमा चुनाव गर्ने मिति तोकिएको र उक्त मितिमा चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्वाणी गरेका उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

    उनलाई आइतबार बिनापूर्जी मच्छेगाउँस्थित उनको घरबाट पक्राउ गरिएको उनको परिवारले जानकारी दिएको छ।

    उनकी श्रीमती लक्ष्मी अधिकारीले दिएको जानकारी अनुसार १० मिनेट कुरा गर्नु परो भनेर लिएर गएको र साँझ उनलाई पठाउन नमिल्ने भएको र सम्मानका साथ उनलाई राखिने भनेर प्रहरीले खबर गरेको जानकारी दिइन्।

    उनलाई पक्राउ गर्दा अदालतहरु बन्द भएकाले न्यायिक प्रक्रिया अघि बढको थिएन।

    परिवारले उनको न्यायका लागि लड्ने बताएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images