images
images
  • कुन-कुन कागजातले मतदान गर्न पाइन्छ ?

    काठमाडौं- दुई दिनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यी कागजात भएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

    आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

    निर्वाचन व्यवस्थापन सुरक्षा निर्देशिका २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचन शान्तिसुरक्षा कायम गर्ने र सोही दफाको खण्ड ‘ख’ को ९झ० मा उल्लेख भएका मतदान निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा र सवारी चालक अनुमतिमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

    तीमध्ये कुनै पनि कागजात बोकेर मतदान गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

    आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका मतदाताका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images