काठमाडौं- साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ ।
दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।
दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो ।
साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ ।
शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ ।


विश्व खबर 



















