images
images
  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं- रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीले जनाएको छ ।

    बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र०१-००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा परि देवदह-५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् ।

    राति साढे १० बजे बसले स्कुटरलाई ठक्कर दिएको र तत्काल उद्धार गरी पाण्डे र पाइजा दुवैजनालाई अस्पताल पुर्‍याए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images