images
images
  • रामेछाप दुर्घटना : थप एक जनाको मृत्यु

    काठमाडौं- रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

    मृत्यु हुनेमा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे छन् ।

    सोमबार रामेछापमा नगरपालिका-२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो ।

    सडकमा मोड नपुगेर गाडी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोली र सशस्त्रको विपद् उद्धार बेस खुर्कोटको टोलीले घाइतेहरुलाई उद्धार गरेर सदरमुकाम मन्थली पठाएको थियो ।

    सेनाको हेलिकप्टरले मन्थलीबाट घाइतेहरुलाई काठमाडौं ल्याएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images