काठमाडौं- मध्यपूर्वमा तनाव थप बढेको छ । अमेरिकाले कुवेतले आफ्ना तीन वटा स्ट्राइक इगल फाइटर जेट खसालेको बताएको छ ।
यसैबिच इरानले साइप्रसमा रहेको बेलायती रोयल एयर फोर्सको अक्रोटिरी बेसमा ड्रोन हमला गरेको छ ।
इरानले सोमबार मध्यपूर्वका ४ देशमा रहेका ६ अमेरिकी बेसमा समेत हमला गरेको समाचारमा उल्लेख छ ।
अमेरिकी सेनाका अनुसार कुवेतको एयरडिफेन्स प्रणालीले गल्तीले यी विमानहरूलाई दुश्मन सम्झेर निशाना बनाएको हो ।
उक्त दुर्घटनामा सबै अमेरिकी पाइलटहरू सुरक्षित छन् ।
अर्कोतर्फ इरानले साइप्रसमा ब्रिटिस रोयल एयर फोर्सको अक्रोटिरी बेसमा ड्रोन हमला गरेको छ ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार, आइतबार राति भएको यस हमलामा बेसलाई सामान्य क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन ।
यसको जवाफमा बेलायती सेनाले कारबाही गरिरहेको छ ।
बेलायती प्रधानमन्त्री किर स्टारमरले इरानी मिसाइल साइटहरूमा आक्रमण गर्न अमेरिकालाई यो बेस प्रयोग गर्ने अनुमति दिएका थिए ।
इरानले सोमबार मध्यपूर्वका ४ देशमा रहेका ६ अमेरिकी बेसमा हमला गरेको छ ।
यस क्रममा कुवेतमा अमेरिकाका धेरै फाइटर जेटहरू दुर्घटना भएको जनाइएको छ ।
जेटहरू हावामा केहीबेर घुमेर जमिनमा खसेका थिए ।
यद्यपि, यसमा कुनै मानवीय क्षति भने भएको छैन । एजेन्सी


विश्व खबर 



















