images
images
  • रामेछाप गाडी दुर्घटना : एक जना सुरक्षाकर्मीको मृत्यु

    काठमाडौं- रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका-सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटना परेको जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको उनले जानकारी दिए ।

    उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

    गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

    सोमबार ४ बजे रामेछाप नगरपालिका-२ स्थित सिरुबारीमा मन्थलीबाट मतदान केन्द्र कालिका देवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images