images
images
  • रामेछापमा निर्वाचन अधिकृत र नेपाल प्रहरीको असई चढेको गाडी दुर्घटना

    काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ ।

    सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    मन्थलीबाट रामेछाप २ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुवारीको भिरमा खसेको जानकारी प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उद्धारको लागि प्रहरीको टोली अहिले घटना स्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images