images
images
  • पेट्रोलको अनावश्‍यक स्टोर नगर्न आयल निगमको निर्देशन

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

    सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन निगमले आग्रह गरेका छ ।

    निगमका अनुसार पेट्रोलियम पदार्थको आयात पाइपलाइन मार्फत् नियमित रूपमा भइरहेको छ । आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।

    पेट्रोलियम पदार्थ ड्रम वा क्यानमा स्टोर गर्दा जोखिम बढ्ने भन्दै सचेत गराइएको छ ।

    सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images