images
images
  • इरानका वरिष्ठ गुप्तचर अधिकारी मारिएको इजरायलले गर्‍यो दाबी

    काठमाडौं- इजरायली रक्षा बल (आईडीएफ) ले इरानका वरिष्ठ गुप्तचर अधिकारीहरू मारिएको दाबी गरेको छ ।

    आईडीएफले सोमबार दिउँसो सार्वजनिक गरेको वक्तव्यअनुसार इरानको गुप्तचर मन्त्रालयमा इजरायल मामिला हेर्ने उपमन्त्री सैयद यह्या हमिदी मारिएका छन् ।

    वक्तव्यमा गुप्तचर मन्त्रालयको जासुसी विभाग प्रमुख जलाल पोर होसैनसहित अन्य ‘शासनका अधिकारीहरू’ पनि मारिएको उल्लेख गरिएको छ ।

    उनीहरू कसरी, कहिले र कहाँ मारिएका हुन् भन्नेबारे भने विस्तृत विवरण नदिइएको बीबीसीले लेखेको छ ।

    आईडीएफले तेहरानस्थित इरानको गुप्तचर मन्त्रालयको मुख्यालयमा केही समयअघि आक्रमण गरिएको पनि जनाएको छ ।

    यस घटनाबारे इरान सरकारले औपचारिक प्रतिक्रिया भने दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images