images
images
  • कुवेतमा अमेरिकी शक्तिशाली लडाकु विमान दुर्घटना, कस्तो छ चालक दलका सदस्यको अवस्था ?

    काठमाडौं– कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएको खबर सार्वजनिक भएको छ ।

    अमेरिकी टेलिभिजन नेटवर्क CNN का अनुसार सोमबार बिहान कुवेतको अल जहरा क्षेत्रनजिक एकभन्दा बढी लडाकु विमान दुर्घटनामा परेका छन् ।

    दुर्घटनास्थल कुवेतस्थित अमेरिकी वायुसेनाको अड्डा Ali Al Salem Air Base बाट करिब १० किलोमिटर टाढा रहेको बताइएको छ ।

    कुवेतको रक्षा मन्त्रालयले केही सैन्य विमान दुर्घटना भएको पुष्टि गर्दै चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता कर्नेल सइद अल अत्वानले विज्ञप्ति जारी गर्दै दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् ।

    उद्धार गरिएका चालक दलका सदस्यहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था स्थिर रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

    साथै, घटनाबारे अमेरिकी अधिकारीहरूसँग नजिकबाट समन्वय भइरहेको पनि जनाइएको छ ।

    CNN ले दुर्घटनासम्बन्धी भिडियोसमेत सार्वजनिक गरेको छ ।

    भिडियोमा एक लडाकु विमान आगो लाग्दै आकाशबाट घुम्दै तल खसिरहेको दृश्य देखिन्छ भने अर्को दृश्यमा एक पाइलट प्यारासुटमार्फत सुरक्षित रूपमा जमिनतर्फ झरिरहेको देखिन्छ ।

    विमान दुर्घटनाको कारण र संलग्न वायुसेनाबारे आधिकारिक पुष्टि भइसकेको छैन ।

    तर, भिडियो विश्लेषणका आधारमा दुई इन्जिनयुक्त उक्त लडाकु विमान अमेरिकी एफ–१५ई मोडेलसँग मिल्दोजुल्दो देखिएको बताइएको छ ।

    यसैबीच बेलायतबाट प्रकाशन हुने अनलाइन पत्रिका The Telegraph ले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त फाइटर जेट इरानले खसालेको दाबी गरेको छ ।

    यद्यपि यसबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images