images
images
  • साउदीमा रहेको विश्वको सबैभन्दा ठूलो तेल भण्डारमा इरानको मिसाइल आक्रमण, भीषण आगलागीको फैलावट

    तेहरान/जेरुसेलम– इजराइल–अमेरिका र इरानबीच जारी युद्ध तेस्रो दिनमा प्रवेश गरेको छ र मध्यपूर्व क्षेत्रमा तनाव झन् चुलिएको छ ।

    यसै क्रममा इरानले साउदी अरेबियाको महत्त्वपूर्ण तेल प्रशोधन केन्द्र ‘रास तनुरा’मा आक्रमण गरेको जनाएको छ ।

    आक्रमणपछि उक्त रिफाइनरी बन्द गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

    साउदी अरेबियाको सरकारी तेल कम्पनी Saudi Aramco अन्तर्गतको यो रिफाइनरीको दैनिक उत्पादन क्षमता करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल रहेको बताइएको छ ।

    विश्वकै ठूला अपतटीय तेल लोडिङ टर्मिनलमध्ये एक मानिने यस केन्द्रबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशमा ट्याङ्करमार्फत ठूलो परिमाणमा कच्चा तेल निर्यात हुँदै आएको छ ।

    यसैबीच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै पनि वार्ता नहुने स्पष्ट पारेका छन् ।

    उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्न खोजेको भन्ने समाचारको खण्डन गरेका हुन् ।

    इरानले इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि आक्रमण पुनः सुरु गरेको जनाएको छ ।

    अर्कोतर्फ, लेबनानस्थित उग्रवादी संगठन Hezbollah पनि युद्धमा संलग्न भएको छ ।

    इरानको समर्थन प्राप्त उक्त समूहले इजराइलका विभिन्न स्थानमा बमबारी गरेको दाबी गरिएको छ ।

    उसले इरानका सर्वोच्च नेता Ali Khamenei को मृत्युको बदला लिने घोषणा गरेको जनाएको छ ।

    Al Jazeera का अनुसार अमेरिका र इजराइलले मिलेर हालसम्म इरानका एक हजारभन्दा बढी स्थानमा हमला गरिसकेका छन् ।

    प्रारम्भिक ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएको दाबी गरिएको छ ।

    यी हमलामा हालसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको र ७४० भन्दा बढी घाइते भएको बताइएको छ ।

    एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको खबर सार्वजनिक भएको छ ।

    फेब्रुअरी २८ बाट सुरु भएको यस द्वन्द्वको पहिलो दिनमै इरानी सर्वोच्च नेता अली खामेनेई मारिएको दाबी गरिएको छ ।

    यसबाहेक, आइतबार तीन जना अमेरिकी सैनिकको पनि मृत्यु भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images