काठमाडौं– संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ (२९, गोर्खा)को निधन भएको छ ।
युएईको परराष्ट्र मन्त्रालयबाट यस घटनाको आधिकारिक जानकारी प्राप्त भएको छ ।
नेपाली राजदूतावास, अबुधाबीले दुःख व्यक्त गर्दै स्व.श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउन सम्पूर्ण सहजीकरण गर्ने बताएको छ ।
साथै, युएइमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षा मापदण्ड पालन गर्दै सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्























