images
images
  • राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् ।

    फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तथा समसामयिक विषयमा केन्द्रित सम्बोधन हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

    सम्बोधन प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्ड गरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

    गत भदौ २७ मा जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

    उनलाई ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images