images
images
  • इरानी आक्रमणमा परी १० इजरायलीको मृत्यु, २०० भन्दा बढी घाइते

    काठमाडौं– Israel र Iran बीच युद्ध सुरु भएयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

    इजरायलको राष्ट्रिय आपत्कालीन सेवा Magen David Adom (एमडीए)ले जारी गरेको विज्ञप्तिअनुसार ‘अपरेसन रोअरिङ लायन’ सुरु भएदेखि एमडीए टोलीहरूले २३८ जना घाइतेलाई उपचार गरी विभिन्न अस्पतालमा पुर्‍याएका छन् ।

    घाइतेमध्ये १० जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

    दुईजनाको अवस्था गम्भीर, पाँचजनाको मध्यम र २२१ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

    तीमध्ये १७५ जना आश्रयस्थलतर्फ जाँदै गर्दा घाइते भएको एमडीएले उल्लेख गरेको छ ।

    मृत्यु हुनेमध्ये नौजना बेट शेमेश सहरका बासिन्दा हुन् ।

    उक्त क्षेत्रमा रहेको एक आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएपछि ठूलो क्षति पुगेको थियो ।

    एमडीएले आश्रयस्थलतर्फ जाँदै गर्दा घाइते भएका १०२ वर्षीय एक वृद्धलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएको छ ।

    अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो ।

    एमडीएले सार्वजनिक गरेको भिडियोमा आक्रमण प्रभावित क्षेत्रमा धुवाँको मुस्लो उठिरहेको देखिन्छ ।

    घटनास्थल नजिकै एम्बुलेन्स, प्रहरी भ्यान र दमकल तयारी अवस्थामा देखिएका छन् ।

    अर्को दृश्यमा ध्वस्त भवन र भग्नावशेषबीच उद्धारकर्मीहरू खोज तथा उद्धार कार्यमा खटिएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images