काठमाडौं– इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि तनाव झन् चर्किएको छ ।
खामेनीको हत्याको बदला लिन भन्दै लेबनानस्थित हिज्बुल्लाहले इजरायलतर्फ सयौँ क्षेप्यास्त्र र हजारौँ ड्रोन प्रहार गरेको जनाएको छ ।
इजरायली सेनाका अनुसार प्रहार गरिएका क्षेप्यास्त्रहरू इजरायलका खुला क्षेत्रमा खसेका थिए ।
घटनापछि इजरायलले पनि लेबनानभित्रका विभिन्न लक्ष्यहरूमा जवाफी आक्रमण सुरु गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
हिज्बुल्लाहले खामेनीको हत्याको प्रतिशोधस्वरूप आफूले आक्रमण गरेको औपचारिक पुष्टि गरेको छ ।
शिया मुस्लिम राजनीतिक तथा सैन्य संगठनका रूपमा चिनिने हिज्बुल्लाहलाई इरानको बलियो समर्थन रहँदै आएको छ, र उसले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्दै आएको छ ।
यसअघि अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई आक्रमण गर्दा खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएको दाबी गरिएको छ ।
जवाफस्वरूप इरानले पनि इजरायलका साथै खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरू रहेको देशहरू, विशेषगरी यूएईतर्फ क्षेप्यास्त्र प्रहार गरिरहेको बताइएको छ ।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमाथि आक्रमण जारी रहने चेतावनी दिएका छन् ।


विश्व खबर 



















