images
images
  • खामेनीको हत्या बदला : इरानका सशस्त्र समूह हिजबुल्लाहले गरे इजरायलमाथि मिसाइल र ड्रोन प्रहार

    काठमाडौं- लेबनानस्थित इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले इजरायलमाथि भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ।

    इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिन यो कदम चालिएको हिजबुल्लाहले आधिकारिक रूपमा पुष्टि गरेको छ।

    इजरायली सेनाका अनुसार लेबनानबाट प्रहार गरिएका ती क्षेप्यास्त्र र ड्रोनहरू इजरायली क्षेत्रका खुला स्थानहरूमा खसेका छन्।

    यसअघि इजरायली वायुसेनाले लेबनानमा रहेका हिजबुल्लाहका ठेगानाहरूमा आक्रमण गरेपछि त्यसको जवाफमा हिजबुल्लाहले यो प्रत्याक्रमण गरेको हो।

    हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै इरानका सर्वोच्च नेता खामेनीको हत्याको प्रतिशोध लिन आफूहरूले इजरायली भूमिलाई निशाना बनाएको बताएको छ।

    इरानको बलियो समर्थन प्राप्त यो शिया मुस्लिम राजनीतिक तथा सैन्य समूह इजरायलको अस्तित्वको कट्टर विरोधी मानिन्छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images