images
images
  • अमेरिकी सैनिकको मृत्युको बदला लिने ट्रम्पको घोषणा, इरानमा थप हमला गर्ने

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिँदै अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा गरेका छन्।

    सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने बताएका हुन्।

    आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकाले हाल एक विशाल सैन्य अभियान सुरु गरिरहेको जानकारी दिए। उनले यो अभियान केवल वर्तमान सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुनिश्चितताका लागि भएको दाबी गरे।

    ‘हामी यो ठूलो अभियान सञ्चालन गर्दैछौं, जुन हाम्रो समय र स्थानको सुरक्षाका लागि मात्र होइन, हाम्रा छोराछोरी र उनीहरूका सन्तानका लागि पनि हो,’ ट्रम्पले भने।

    उनले यस कदमलाई स्वतन्त्र नागरिकको कर्तव्यको रूपमा व्याख्या गरेका छन्। इरानलाई कट्टरपन्थी र रक्तपिपासु आतंकवादी शासनको संज्ञा दिँदै ट्रम्पले आणविक हतियारयुक्त इरानबाट अमेरिकी जनतालाई जोगाउन यस्तो कारबाही अनिवार्य भएको तर्क गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images