images
images
  • इरानको राजधानी तेहरानमा शक्तिशाली विस्फोट, इन्टरनेट प्रतिबन्ध

    काठमाडौं- इरान र इजरायलबिच बढ्दो सैन्य तनावका बिच इरानको राजधानी तेहरानमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्।

    बीबीसी फारसीका अनुसार विष्फोटपछि तेहरानको आकाशमा धुवाँको मुस्लो देखिएको छ।

    तेहरानका एक स्थानीय बासिन्दाले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोटको आवाजले सहरमा त्रास फैलाएको छ। ती बासिन्दाले भने, ‘सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ, तर अधिकांश स्थानहरूमा सडकहरू सुनसान देखिएका छन्।’

    इरानी जनताको मनोदशा र राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै ती बासिन्दाले थपे, ‘मेरो सबैभन्दा ठुलो डर भनेको अमेरिकाले वर्तमान इरानी नेतृत्वसँग कुनै प्रकारको सम्झौता गर्ने हो कि भन्ने हो। खामेनीको मृत्यु मात्र पर्याप्त छैन, यो शासनका सबै अधिकारीहरू सत्ताबाट हट्नुपर्छ।’

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो विष्फोट इजरायल र इरानबिच चलिरहेको द्वन्द्वको हिस्सा हुन सक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ। हाल तेहरानको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

    यसैबिच, इरानी सरकारले देशभर इन्टरनेट सेवामा कडा प्रतिबन्ध लगाएको छ। इन्टरनेट अवरुद्ध भएका कारण इरानभित्रको वास्तविक स्थिति र क्षतिको विवरण प्राप्त गर्न निकै कठिन भइरहेको समाचारमा जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images