images
images
  • उद्योगमा मेसिनमा च्यापिएर मजदुरको मृत्यु

    काठमाडौं- वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवा स्थिति एक उद्योगमा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

    पर्सागढी नगरपालिका ५ हर्दियाका अन्दाजी २६-२७ वर्षीय विरेन्द्र पण्डितको मृत्यु भएको हो।

    महेश शर्माले सञ्चालन गरेको एक्स पिएम उद्योगमा साँझ मेसिनले च्यापिएर उनको मृत्यु भएको थियो।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ।

    प्रहरीका अनुसार काम गर्ने क्रममा मजदुरको मृत्यु भयो भन्ने जानकारी आएको छ। अनुसन्धानका लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट टोली खटिएको छ ।

    पर्सागढीका मजदुरको मृत्यु भएपछि आफन्त र गाउँले आइतबार साँझ उद्योगमा पुगेका थिए।

    उनीहरुले घटना शंकास्पद भएको भन्दै उद्योगका सञ्चालक आएपछि मात्रै अन्य कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।

    आफन्त र गाउँलेहरुले दुर्घटना कसरी भयो भनेर चासो राखेको छन्।

    अनुसन्धानपछि घटनाबारे सत्यतथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images