images
images
  • पोखरामा एक युवतीको शव सुटकेसभित्र भेटियो

    काठमाडौं- पोखरा-१७ ड्यामसाइडनजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको एक युवतीको शव फेला परेको छ ।

    आइतबार बिहान पुलमुनि फालिएको सुटकेस शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो ।

    प्रहरीका अनुसार २२ देखि २५ वर्ष उमेरकी देखिने ती युवतीको हातमा मनिषा विश्वकर्मा लेखिएको ट्याटु खोपिएको छ । ती युवतीको साथबाट मेडिकल कार्ड पनि फेला परेको प्रहरीले जनाएको छ ।

    युवतीको हत्या गरेर तन्नाले बेरेर सुटकेसमा हालेर फालिएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । युवतीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

    शवको प्रारम्भिक जाँचबाट युवती महिनावारीको अवस्था रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । ती युवती पोखरा ड्यामसाइडकै एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ ।

    घरबेटीले उनीहरूको परिचय खुल्ने कागजात लिएर कोठा भाडामा दिएको पत्ता लागेको छ । उनीहरू श्रीमान्–श्रीमती बनेर कोठा भाडामा लिएका थिए र उनीहरूले जापानी भाषा सिक्ने बताएका थिए ।

    श्रीमान् अहिले फरार छन् । उनको आधार कार्ड भारतको सिलगुडीको देखिएको छ । उनीहरूले एक महिना अगाडिमात्रै कोठा भाडामा लिएर बसेका थिए । मृतकको परिवार र आफन्त सम्पर्कमा आइसकेका छैनन् ।

    जापानी भाषा सिक्ने भनेर बसेका जोडीमध्ये श्रीमतीको शव सुटकेसभित्र फेला परेको हो । त्यसको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    पोस्टमार्टम रिपोर्टले पनि धेरै तथ्यहरू सार्वजनिक हुने उसको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images