तेहरान– अमेरिका–इजरायल आक्रमणमा Ayatollah Ali Khamenei को मृत्यु भएपछि इरानको सर्वोच्च नेताको पद रिक्त भएको छ ।
नयाँ नेता चयन नभएसम्म ६७ वर्षीय Alireza Arafi लाई अन्तरिम रूपमा तीन सदस्यीय परिषद्मा नियुक्त गरिएको छ ।
उनी शक्तिशाली Guardian Council का सदस्य हुन्, जसले भविष्यमा नयाँ सर्वोच्च नेता छनोट गर्ने भूमिका निर्वाह गर्नेछ ।
उनलाई Expediency Discernment Council ले परिषद्मा मनोनयन गरेको हो ।
अन्तरिम परिषद्मा अराफीसँगै न्यायपालिका प्रमुख Gholam-Hossein Mohseni-Eje’i र राष्ट्रपति Masoud Pezeshkian रहनेछन् ।
यसबीच Islamic Revolutionary Guard Corps (आईआरजीसी) र सुरक्षा संयन्त्रले पनि निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उता आईआरजीसीका दोस्रो प्रधान कमान्डरको पनि हत्या भएको खबर छ ।
सैन्य–आर्थिक संरचनाको नयाँ प्रमुख भने अझै घोषणा गरिएको छैन ।
आईआरजीसीसम्बद्ध स्रोतहरूले पूर्व उपप्रमुख Ahmad Vahidi लाई सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गरेका छन् ।


विश्व खबर 



















